×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

नेपालमा औसत आयु ७३.५ वर्ष पुग्यो

नेपालमा औसत आयु ७३.५ वर्ष पुग्यो

काठमाडौँ । सन् १९९० देखि २०२३ सम्मको अवधिमा नेपालमा जन्मँदाको औसत आयु (लाइफ एक्सपेक्टेन्सी एट बर्थ) निरन्तर उकालो लाग्दै ५८.१ वर्षबाट बढेर ७३.५ वर्ष पुगेको छ।

ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ (इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन) तथा (बेसिक हेल्थ सर्भिसेज इन नेपाल) प्रायोरिटी सेटिङ एन्ड इसेन्सियल हेल्थ इन्टरभेन्सन सम्बन्धी प्रतिवेदनअनुसार यो अवधिमा औसत आयु क्रमशः सन् १९९५ मा ६१.६, सन् २००० मा ६५.२, सन् २००५ मा ६८.१, सन् २०१० मा ७०.६, सन् २०१५ मा ७१.५ र सन् २०२० मा ७२.२ वर्ष कायम भएको देखिएको छ ।

स्वास्थ्य नतिजामा देखिएको यो निरन्तर सुधार स्वास्थ्य सेवामा भएको प्रगति, मातृ तथा शिशु स्वास्थ्यमा आएको सुधार, सङ्क्रामक रोगको घट्दो भार तथा समग्र सामाजिक–आर्थिक विकासको परिणाम भएको प्रतिवेदनमा उल्लेख छ ।

तीन दशकभन्दा लामो अवधिमा औसत आयुमा १५.४ वर्षको वृद्धि हुनुले जनस्वास्थ्य सूचक र जीवनस्तरमा सकारात्मक परिवर्तन भइरहेको सङ्केत गर्छ।

प्रतिकृया दिनुहोस्