×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

काठमाडौँ महानगरपालिकाले एनजी आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने

काठमाडौँ महानगरपालिकाले एनजी आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत शिक्षा (जेडी) ग्रेडवृद्धि परीक्षा २०८२ को नतिजा एनजी आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। 

परीक्षा बैशाख ८ गतेदेखि हुने जानकारी दिँदै महानगरले सम्बन्धित विद्यालयलाई परीक्षा तयारी तथा सञ्चालनमा आवश्यक सहयोग गर्न एक सूचनामार्फत निर्देशन दिएको छ।

परीक्षा केन्द्र सम्बन्धित विद्यालयमै रहनेछ भने उत्तर पुस्तिका संकलन, प्रश्नपत्र व्यवस्थापन लगायतका कार्यहरु विद्यालयको प्राचार्यमार्फत हुने जनाइएको छ।

साथै उत्तरपुस्तिका र प्रमाणपत्र शिक्षा विभागमा बैशाख १६ गतेभित्र बुझाउनु पर्नेछ।

प्रतिकृया दिनुहोस्