×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

जय ट्रफीमा बुधबार दुई खेल हुँदै

जय ट्रफीमा बुधबार दुई खेल हुँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा सुरू भएको जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आज दुई खेल सुरू हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा मधेश प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

त्यसैगरी चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ । यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेशले ड्र खेलेका थिए ।

प्रतिकृया दिनुहोस्