×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने

गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।

मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर–६ घर भएर गोंगबुमा बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनले भने, ‘बरामद नगद र सुनका गहना सहित आरोपीलाई राजस्वमा पठाउँछौँ ।’

श्रेष्ठको घरमा चामलको बोरामा लुकाएर राखेको नगद र सुनका गहना भेटिएको थियो । ७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको कम्पनी रहेको र बैंकबाट ९ लाखभन्दा धेरैको कारोबार गर्न नमिल्ने भएका कारण घरमा नै नगद राखेको प्रहरीसँग बताएका छन् ।

 उनले धरौटीको रूपमा सुन राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको घरबाट प्रहरीले ३ केजी २१८ ग्राम चाँदी पनि बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्