×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु

मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु

सिराहा । सिराहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान सिराहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । 

घटनामा एक जना गम्भीर घाइते भएको सिराहा प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुखीपुर नगरपालिका–८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादवको उपचारको क्रममा मृत्यु भएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए । 

उनका अनुसार गोल बजारबाट पसाहातर्फ आइरहेको बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स ५ प ७७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुई वटै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।  मोटरसाइकलमा पछाडि बसेका सिराहा नगरपालिका–१२ का २४ वर्षीय सिकेन्द्र यादव भने गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइते यादवको  धनगढीमाई नगरपालिकाको मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस्