×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । ३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आइतबार भने बजेट बहुमतले पारित भयो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरे ।

प्रतिकृया दिनुहोस्