काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ४ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख १२ हजार र चाँदी दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।