×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।

बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।

प्रतिकृया दिनुहोस्