×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा/स्वास्थ्य

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन ५० सिट प्रदान

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन ५० सिट प्रदान

काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प्रदान गरेको छ ।

प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् । जसबाट मधेश प्रदेशका धेरैजसो विद्यार्थी लाभान्वित हुने अपेक्षा छ ।

एमबीबीएसको पढाइ सुरु हुने भएपछि प्रादेशिक राजधानी जनकपुरधामसहित सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ ।

मुख्यमन्त्री सतिश सिंहले प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु गराउन सफलताका साथ तयारी पूरा गरेकोमा उपकुलपति डा।अंकुर साह, रजिस्ट्रार डा। विनोद यादव लगायतका पदाधिकारी र कर्मचारीलाई बधाई दिएका छन् ।

प्रतिकृया दिनुहोस्