×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

अहिले देशलाई सबैको सहकार्य आवश्यक आवश्यक छ : प्रचण्ड

अहिले देशलाई सबैको सहकार्य आवश्यक आवश्यक छ : प्रचण्ड

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशलाई सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै संयोजक प्रचण्डले भदौ १० गतेको बाढीका कारण देश गहिरो संकटमा रहेकाले सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

‘अहिले हामी राष्ट्रिय रूपमा एउटा गहिरो पीडा र संकटबाट गुज्रिरहेका छौं,’ प्रचण्डले भने, ‘नेपालको इतिहासमा मात्र होइन, विश्वमै यति भयानक प्राकृतिक विपत्ति विरलै देखिएको छ ।’

यो विपत्तिमा परी हजारौँ नागरिक बेपत्ता रहेको उल्लेख गर्दै उनले अहिले मुलुक राष्ट्रिय शोकको घडीमा रहेको बताए । यस्तो विपद्को बेला मधेशले पहाडलाई र पहाडले मधेशलाई सहयोग गर्ने नेपाली परम्परा निकै सकारात्मक रहेको पनि उनले स्मरण गरे ।

यसअघि आफूले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका हिमाल तथा हिमाली क्षेत्र जोखिममा रहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको पनि प्रचण्डले बताए ।

‘संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणका क्रममा हिमाल पग्लिने र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे जानकारी गराएको थिएँ,’ उनले भने, ‘त्यो बेला सगरमाथा आधार शिविर र लुम्बिनीबाट विश्व समुदायलाई नेपालको पर्यावरण तथा नागरिक सुरक्षाका विषयमा गम्भीर हुन अपिल गरिएको थियो ।’

निर्वाचनपछि आफूले देश, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समृद्धि र विकासप्रति थप ठूलो जिम्मेवारी महसुस गरेको प्रचण्डले बताए ।

प्रतिकृया दिनुहोस्