×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

अपराजीत जनकपुरको पहिलो हार

अपराजीत जनकपुरको पहिलो हार

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अपराजय रहेको जनकपुर बोल्टस्‌लाई सुदूरपश्चिम रोयल्‍सले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले पहिलो हार व्यहोर्‍यो ।

जितसँगै सुदूरपश्चिम बोल्ट्स अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १२४ रनको सामान्य लक्ष्य दिएको थियो । ५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो । त्यसपछि सुदूरपश्चिमले लय फर्काउन सकेन । पूरा ओभर खेले पनि १२३ रनमा सीमित भयो ।

मैदानमा उपस्थित भएका सुदूरपश्चिमका समर्थकसमेत निराश बन्न पुगे ।

तर, जब लक्ष्य पछ्याउँदै जनकपुर ब्याटिङमा उत्रियो एकाएक सुदूरपश्चिमका समर्थक उत्साही बन्न पुगे । उठिसकेका दर्शक फेरि मैदानतिर सोझिए र आफ्नो टिमको पक्षमा हुटिङ गर्न थाले । किनकी सुरुआतबाटै सुदूरपश्चिमका बलरले सुरुआतबाटै विष्फोटक बलिङ गर्न थालेका थिए, सँगसँगै नाटकीय रुपमा जनकपुरको धमाधम विकेट झर्न थालेको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफूहरुले ब्याटिङमा कमजोरी गरेको स्वीकारे । ‘तर पनि त्यति पनि राम्रो स्कोर हो भनेर टिममा कुरा गरें, हामीले राम्रो गर्न सक्छौं भनें’ उनले खेलपछि भनेका छन् ।

जनकपुरलाई सस्तैमा समेटेर खेल जित्दा रंगशालामा उपस्थित हजारौं दर्शक चर्को हुटिङसहित साथ दिएका थिए । माहोलले खेल जितेका खेलाडीभन्दा समर्थक अझ बढी खुसी रहेको देखाउँथ्यो ।

यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।

जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुईरदुई विकेट लिए । सैफ जैब र नरेन साउदले समान एकरएक विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिए ।

प्रतिकृया दिनुहोस्