×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दक्षिण कोरियाका लागि ५३०० जना कामदारको माग हुँदा एक लाख बढीको आवेदन

दक्षिण कोरियाका लागि ५३०० जना कामदारको माग हुँदा एक लाख बढीको आवेदन

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये करिब एक लाख तीन हजार जनाले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५३०० जना कामदारको माग हुँदा एक लाख तीन हजारको आवेदन परेको हो ।

कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा ५३०० जना कामदारको लागि कोटा पठाएको थियो । साउन २६ देखि ३१ गतेसम्मको आवेदन अवधि भित्र १ लाख ३ हजार जनाले भाषा परीक्षाका लागि अनलाइन आवेदन दिएका हुन् ।

ईपीएस कोरिया शाखाका अनुसार अहिले आवेदनहरूको प्रारम्भिक रुजुकार्य भइरहेको छ । भाषा परीक्षा एकैदिनमा बढीमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ । परीक्षा पास भएकाले मात्र अन्तिम रोजगारी छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नेपालमा हरेक वर्ष कोरियाको ईपीएस परीक्षाले ठूलो आकर्षण पाउने गरेको छ । त्यसको मुख्य कारण कोरियामा तुलनात्मक रूपमा उच्च तलब, नियमनबद्ध श्रम बजार र श्रमिकमैत्री वातावरण रहेको छ । सीमित कोटामा अत्यधिक आवेदन पर्ने गरेको देखिन्छ । जसले कोरियाली श्रम बजारप्रति नेपालीको आकर्षण देखाउँछ ।

प्रतिकृया दिनुहोस्