काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ हजार ८ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १७५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।