×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ । आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । अनियमितता भएको भन्ने पटकपटक गुनासो तथा उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो ।

स्रोतका अनुसार भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप छ । । धम्क्याएर अस्पतालका भनेर रकम लगेको तर उक्त रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।

अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिएन पनि बाँकी रकमबारे केही पनि हरहिसाब नभेटिएको स्रोतले बतायो । ‘प्रारम्भिक अनुसन्धानका क्रममा २० लाखको हरहिसाब देखिन्छ । बाँकी रकम कहाँ गयो, केही पनि उल्लेख छैन’ स्रोतले भन्यो ।

प्रतिकृया दिनुहोस्