×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु

काठमाडौँ । धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार मिर्गौला रोगबाट पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए । उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए । सोमबार मात्रै उनी अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए ।

उनकी पत्नी ईश्वरीदेवी सिंह अस्पतालमा कुरुवा बसिरहेकी थिइन्। प्रहरीका अनुसार पत्नी निदाएको मौका छोपेर सिंह छतमाथि उक्लिएका थिए । 

प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्र सिंह बोहराले जनाए अनुसार, प्रहरीहरूले उनलाई वार्ड फर्किन आग्रह गरे पनि उनले तत्कालै हाम फालेका थिए ।

प्रतिकृया दिनुहोस्