×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार सुनको मुल्यले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्