काठमाडौैं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।