×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनगढीका मेयर हमालको स्वास्थमा समस्या, उपचारका लागि दिल्ली रेफर

धनगढीका मेयर हमालको स्वास्थमा समस्या, उपचारका लागि दिल्ली रेफर

धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो ।

चिकित्सककाअनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन् । मेयर हमाललाई शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।

उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानालगायतका नेताहरू पनि मन्त्रीसँगै अस्पताल पुगेका थिए ।
 

प्रतिकृया दिनुहोस्