×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तीन महिनामा ११ अर्ब बराबरको सुन आयात

तीन महिनामा ११ अर्ब बराबरको सुन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब बराबरको सुन आयात भएको छ । २०८२ साउनदेखि असोज मसान्तसम्ममा ११ अर्ब बराबरको १०५ किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । 

यसमध्ये १०  अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँको ६०१ किलो काँचो सुन आयात भएको भन्सार विभागले जनाएको छ । यस्तै ४७ करोड ७४ लाख ६० हजार रुपैयाँको सुनका गरगहना आयात भएको उल्लेख छ ।

अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ४  करोड ३२  लाख ८९ हजार रुपैयाँको १०० किलो काँचो सुन र ९४ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको करिब ४ किलो गरगहना आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

२०८२ असोज मसान्तसम्ममा २० करोड १३४ लाख रुपैयाँ बरबरको १९०७१ किलो काँचो चाँदी आयात भएको छ । 

यस्तै १६  अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८१३० किलो चाँदीको धुलो र १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको ९९४४० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको छ ।  

अघिल्लो वर्ष  यसै अवधिमा १० हजार रुपैयाँको ३० ग्राम काँचो चाँदी आयात भएको थियो । यस्तै ७३ करोड १६ लाख २३ हजार रुपैयाँको ५४६५ किलो चाँदीको धुलो आयात भएको थियो ।

यस्तै ५ करोड २८ लाख रुपैयाँ बराबरको ४०० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको थियो । 

प्रतिकृया दिनुहोस्