×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

बजारका ग्यासको आपूर्ति सहज हुँदै गएको छ : उद्योगमन्त्री

बजारका ग्यासको आपूर्ति सहज हुँदै गएको छ : उद्योगमन्त्री

काठमाडौं । उद्योगमन्त्री दीपक कुमार साहले बजारका ग्यासको आपुर्ति सहज हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रुपमा पूर्ण सञ्चालमा आएको उल्लेख गर्दै उनले भने, ‘यससँगै बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको छ ।’

यसबीचमा सरकारले काडमाडौं उपत्यकामा ग्यास ढुवानी सहज बनाउन उद्योग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइराखेको बताए ।

विभिन्न ठाउँमा लुकाएर राखिएका एक हजार सिलिण्डर नियन्त्रणमा लिएर उपभोक्तालाई दिइएको उनले बताए । गतल कार्य गर्नेलाई सरकार कारबाही गर्ने र यसले निरन्तरता पाउने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्