काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा २५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।