×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

सुदूरपश्चिम

सुदूरपश्चिम सरकारले बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने, मन्त्रीहरूले एक महिनाको तलब दिने

सुदूरपश्चिम सरकारले बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने, मन्त्रीहरूले एक महिनाको तलब दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिए ।

उनकाअनुसार बैठकले मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले पारिश्रमिक वापत प्राप्त गर्ने एक महिनाको रकम समेत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले घोषणा गरेको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मी टोली पनि पठाउने निर्णय गरेको छ । शुक्रबारकै बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, नेकपा एमालेको तर्फबाट नीति तथा योजना आयोगको सदस्यमा हिरा चन्द र गंगादत्त जोशीलाई पनि  नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्