काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १३०० सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।