काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कूल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेस गरेका हुन् ।
यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थात् ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो ।
चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगततर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ । यस आवमा राजस्व परिचालन १७.१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीले गरेका छन् ।