काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । सोमबार सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।