×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् ।

गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।

त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको ओखलढुंगा डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए ।

मृत भेटिएकी खड्का जापानी भाषा अध्ययनरत रहेको आफन्तले प्रहरीसमक्ष बताएका छन् । जापनिज भाषा अध्ययनरत रहेकाले उनी जापान जाने तयारीमा रहेको हुनसक्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस्