काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला दुई हजार तिन सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।