×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

पालुंगो सागमा अत्यधिक विषादी फेला

पालुंगो सागमा अत्यधिक विषादी फेला

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको पालुंगो सागमा बढी मात्रामा विषादी भेटिएको छ ।

भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

प्रतिकृया दिनुहोस्