×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने

रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने

रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि ९साउन ११ गते० बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। आज रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोलीले निर्माणस्थलको अवलोकन गरेलगत्तै चिनियाँ समकक्षीसँग भर्चुअल बैठक भएको थियो।

सोही बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा भोलिदेखि निर्माण थाल्ने जानकारी दिएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाले पुल निर्माणका लागि आवश्यक सबै सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्