×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

आईफोन १६ प्रो म्याक्स खरिदमा बिहीबारसम्म १० हजार रुपैयाँ छुट

आईफोन १६ प्रो म्याक्स खरिदमा बिहीबारसम्म १० हजार रुपैयाँ छुट

काठमाडौँ । आईफोन १६ प्रो म्याक्स खरिदमा आगामी २२ साउनसम्म मात्रै छुट पाइने भएको छ । नेपालस्थित एप्पलको आधिकारिक वितरक जीनेक्स्टले एक पोस्टमार्फत छुट अफर सकिन लागेको जानकारी दिएको हो ।

अफर अवधिभर २५६ जीबी स्टोरेज भएको आईफोन १६ प्रो एक लाख ९७ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ । नेपाली बजारमा यो मोडेलको वास्तविक मूल्य दुई लाख सात हजार रुपैयाँ रहेको छ ।

ग्राहकले अफरमा फोन खरिद गर्दा थप सुविधा पनि प्राप्त गर्नेछन् । जसअनुसार शिल्ड प्रो अन्तर्गत दुई पटक फ्रन्ट स्क्रिन र दुई पटक ब्याक ग्लास रिप्लेसमेन्टको सुविधा छ । साथै, एक वर्षको अतिरिक्त वारेन्टी र २० वाटको ओरिजिनल एडप्टर पनि निःशुल्क पाइनेछ ।

जीनेक्स्टले आफ्ना रिटेल आउटलेटहरूमार्फत नेपालमा एप्पलका उत्पादन बिक्री(वितरण गर्दै आएको छ । आगामी सेप्टेम्बरमा आईफोन १७ सिरिज सार्वजनिक गर्ने तयारी भइरहँदा नेपाली बजारमा जीनेक्स्टले विभिन्न आईफोन मोडेलमा सीमित अवधिका लागि छुट अफर सञ्चालन गरेको हो ।
 

प्रतिकृया दिनुहोस्