काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १० हजार ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोालमा ३०५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।