काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।