×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

महाकालीमा जलसतह खतराभन्दा माथि

महाकालीमा जलसतह खतराभन्दा माथि

धनगढी । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ ।

नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले मंगलबार बिहान पानीको सतह बढेर एक लाख २४ हजार क्युसेक पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको जानकारी दिए ।

महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुगेपछि खतरा मानिन्छ । तराईमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा महाकालीमा जलसतह बढेको हो ।

प्रतिकृया दिनुहोस्