×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

हर्क साम्पाङको प्रश्न: सीमा जोगाउन सेना पठायो कि सुकुमबासी बस्तीमा रहेका गरिब जनतालाई हटाउन ?

हर्क साम्पाङको प्रश्न: सीमा जोगाउन सेना पठायो कि सुकुमबासी बस्तीमा रहेका गरिब जनतालाई हटाउन ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले लिपुलेकमा भारतले नाका खोल्दा सरकार किन चुप छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले सीमा जोगाउन सेना पठायो कि सुकुमबासी बस्तीमा रहेका गरिब जनतालाई हटाउन भन्ने प्रश्न समेत गरे । 

‘सरकारले छिमेकी मुलुकहरूले सीमा मिचेर नेपालको भूमि मिचेर नाका खोल्दा सरकार किन चुप छ,’ सांसद राईले भने, ‘सरकारले नेपाली सेनालाई त्यता नेपालको सीमा बचाउन पठायो कि सुकुमबासी बस्तीमा गरिब जनता उठाउन भन्दै प्रश्न गरे ।’ 

राईले देश अभिभावक विहीन भएको पनि बताए । सुकुमबासी रुवाउने सरकार जनताको अभिभावक हुन नसक्ने बताए ।

उनले संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र भन्दै प्रश्न पनि गरे । प्रधानमन्त्री सुकुमबासीलाई राखिएका होल्डिङ सेन्टरमा पुग्नु भएको छ कि कार्यालय र निवासमै लुकेर बस्नु भएको छ भन्दै प्रश्न गरे ।  

‘होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानु भयो कि आफ्नै कार्यालयमा लुकेर बस्नु भएको छ’ सांसद राईले भने ।

सांसद राईले सरकार चलाउनेलाई सामान्य हिसाब समेत सिकाउनुपर्ने अवस्था आयो भन्दै व्यङ्ग्य समेत गरे । उनले संवैधानिक परिषदमा ६ जनामा ३ जना कसरी बहुमत भयो ? ४ पहिले आउँछ कि १ पहिले आउँछ भन्ने प्रश्न पनि सरकारसँग गरे ।
 

प्रतिकृया दिनुहोस्