×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

चीनमा श्रमिक दिवसको अवसरमा सुनौलो सप्ताह सुरु, पाँच करोड चिनियाँ घुमघाममा

चीनमा श्रमिक दिवसको अवसरमा सुनौलो सप्ताह सुरु, पाँच करोड चिनियाँ घुमघाममा

चीन । जनवादी गणतन्त्र चीनमा श्रमिक दिवसको अवसरमा सुनौलो सप्ताह (गोल्डेन विक) सुरु भएको छ । चीनमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सरकारले पाँच दिने छुट्टी दिएपछि चिनियाँहरू घुमफिरमा निस्केका छन् ।

मे एकदेखि पाँच दिनसम्म हुने छुट्टीको अवसरमा करिब पाँच करोड मानिस यात्रामा निस्कने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संसारभरका मजदुरहरूले श्रम दिवस मनाउने गर्छन् । श्रमिकका हक अधिकारका कुरा गर्ने अवसरमा चीनमा भने छुटी दिएर मनाइन्छ । 

कम्युनिस्टले पार्टीले शासन चलाएको मुलुक चीनमा भने सुनौलो सप्ताह भन्दै पाँच दिने छुट्टी दिएर नागरिकहरूलाई श्रम दिवसको अवसरमा घुमून् भनेर सरकारले प्रोत्साहन गरेको हो । छुट्टी सोमबारसम्म  लागू हुने छ ।

चीनको सरकारी टेलिभिजन सिजिटिएनले यो सुनौलो सप्ताहको पाँच दिने छुट्टीमा साढे चार करोड भन्दा बढी नागरिकले आन्तरिक पर्यटन यात्रा (विदेशबाहेक) गर्ने अनुमान गरिएको छ । त्यसका लागि चीनको द्रुत गतिको रेल सेवा, हवाई सेवा, सार्वजनिक बस सेवा थप गरिएको छ । चीनको द्रुत गतिमा चल्ने रेल सेवाले अतिरिक्त समयमा रेल सुविधा थप गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

रोचक के छ भने शुक्रबार र सोमबारको छुट्टी सट्टा बिदा हो । शुक्रबारको बिदा गत २७ अप्रिल आइतबार काम गरिसकेका छन् । सोमबारको छुटी अर्को साता आइतबार काम गर्नुपर्ने हुन्छ । सन् २००८ सम्म श्रमिक दिवसको अवसरमा चीन दिनको बिदा दिने गरिएको थियो ।

चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा वसन्त पर्वमा तीन दिन, पुर्खा दिवसमा एक दिन श्रमिक दिवसमा एक दिन, ड्रागन दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ ।

तर चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई आन्तरिक पर्यटन यात्रा गरुन् भनेर प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सट्टा बिदाको चलन सुरु गरेको हो ।

आन्तरिक पर्यटन प्रर्बद्धनका लागि, नागरिक यात्रामा नयाँ कुरा देख्ने, सिक्ने खानाको स्वादका लागि यात्रा गरुन् भनेर सट्टा विद्याको चलन सुरु भएको हो । सट्टा बिदाले चिनियाँ अर्थतन्त्रमा निकै ठुलो असर पारेको छ । चिनियाँहरू पछिल्लो समयमा अर्थतन्त्र मजबुत भएपछि घुमन्ते भएका छन् ।

चिनियाँहरूले नेपालमा मनाइने दसैँ जस्तै वसन्त पर्वमा निकै खर्च गर्दछन् । सुनौलो सप्ताह विद्याको अवसरमा घुमफिर गर्दा पनि खानामा चिनियाँहरू खर्च गर्दछन् ।

विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनमा यो सप्ताहको बिदामा अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक वृद्धि र आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायका लागि यस्तो विद्याको नियम ल्याएको हो ।

चीनमा दिइने ११ दिने सार्वजनिक बिदा शनिबार, आइतबार परेमा त्यसको साथै त्यस हप्ताको सोमबार पनि बिदा दिने गरिन्छ । तर सोमबारको विद्याको काम सोही हप्ताको अगाडि पछाडिको शनिबार काम गर्नु पर्दछ । बिदालाई लामो बनाउन र यो नियम चीनभर नै एउटै नियम रहेको छ ।

एक अर्ब चालिस करोड जनसङ्ख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित सहर र २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वायत्त प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेङजिङ, शाङगहाई, थ्येनचिङ र छोङ्गछिङ्ग रहेका छन् ।

चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । ३४ वटा प्रान्तीय स्तरका प्रशासनिक अङ्गहरू रहेका छन् ।

त्यसैबिच, सुनौलो सप्ताहको छुट्टीमा चिनियाँहरू यात्रामा निस्कँदा नेपाल जाने यात्रुको सङ्ख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ ।  चीनबाट काठमाडौँमा एअर चाइना, सिचुवान एअर, चाइना साउदन, चाइना इस्टनले दैनिक उडान गरिरहेको छ । सुछवान प्रान्तको छेन्दुदेखि काठमाडौँ र ग्वाङजोउदेखि काठमाडौँ र युनान प्रान्तको खुमनिङबाट हरेक दिन काठमाडौँ सीधा उडान रहेको छ ।  

प्रतिकृया दिनुहोस्