×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए ।

त्यसअघि इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए । आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए । साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए ।

यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलपछि समूहविजेताको टुङ्गो लाग्नेछ ।

प्रतिकृया दिनुहोस्