×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

कर्णाली सुदूरपश्चिमसँग पराजित

कर्णाली सुदूरपश्चिमसँग पराजित

काठमाडौं । दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारमा डेब्यु गर्दै सानदार ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ नदिँदा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।

सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् ।

पाँच खेलमा सुदूरपश्चिमको यो तेस्रो जित हो र ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो र ४ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मदतमा अविजित ९३ रन बनाए । विकेटकिपर दिपक डुम्रेले १२ बल खेल्दै ३ चौका १ छक्का मदतमा १८ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १(१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी २२ बलमा २ चौका र २ छक्का प्रहार रग्दै २७ रन जोडे ।

सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर आठौं ओभरमा विनोद र नवौँ ओभरमा जैबको विकेट गएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो ।

यस्तै ब्राण्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छकक् प्रहार गर्दै २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्का प्रहार गर्दै २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए ।

लोअर अर्डरमा थरिन्द्र रत्नायकेले आक्रमक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बल खेल्दै २ चौका मद्दतमा अविजित १३ रन बनाए । सुदूरपश्चिमले अन्तिम ५ ओभरमा ५७ रन जोडेको थियो ।

बलिङमा कर्णालीका लागि मार्क वाटले २ तथा नन्दन यादव, हुसेन तलत र सुर्य तामाङले १(१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्