×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो ।

बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक २०) सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा पर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमअनुसार राखिएको छ ।

सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम के.सी. (काठमाडौं) र राम चन्द्र सेढाईं (गोरखा) छन् ।

त्यसैगरी रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा ९काठमाडौं०, सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन् ।

छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ । उनीहरूले उक्त अवसरमा प्रस्तुतीकरणसमेत दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्