×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

विश्व

ओमानको तट नजिकै भारतीय चालक दलका सदस्य सवार जहाजमाथि हमला

ओमानको तट नजिकै भारतीय चालक दलका सदस्य सवार जहाजमाथि हमला

काठमाडौं । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो ।

हमलामा परेका मध्ये १३ जनालाई सुरक्षित उद्धार गरिएको र एक जना भारतीय नागरिकको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ । भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको पनि बताएको छ । बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि ओमानी अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयको भनाइ छ ।

विदेश मन्त्रालयले क्षेत्रीय तनाव तत्काल कम गर्न तथा शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक माध्यम अपनाउनसमेत आग्रह गरेको छ । भारतले क्षेत्रीय तनाव घटाउँदै शान्ति पुनस्र्थापना गर्न र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्नसमेत अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्