×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछापका प्रजिअ पौडेल र दैलेखका प्रजिअ जैसी मन्त्रालयमा तानिए

रामेछापका प्रजिअ पौडेल र दैलेखका प्रजिअ जैसी मन्त्रालयमा तानिए

काठमाडौँ । गृह मन्त्रालयले ती प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । 

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट प्राप्त तथ्याङ्क अनुसार तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । 

रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई मन्त्रालयमा तानिएको छ । सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको भन्दै व्यापक आलोचना भएपछि मन्त्रालयले उपसचिवद्वय पौडेल र जैसीलाई मन्त्रालयमा तानेर सहसचिवद्वय थापा र गैह्रेलाई पठाएको हो । 

त्यस्तै गृहमा जगेडामा रहेका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस्