×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सर्वोच्चको आदेशविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै गरे विरोध प्रदर्शन

सर्वोच्चको आदेशविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै गरे विरोध प्रदर्शन

काठमाडौँ । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् । 

अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरूमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुराउनसक्ने भन्दै उनीहरूले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जान समेत माग गरिएको शाखा अधिकृत हरिप्रसाद पौडेलले बताए । 

साथै कर्मचारीहरूले निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न आग्रह गरेका छन् ।

आफ्ना मागका विषयमा थप दबाब दिनका लागि उनीहरूले संघर्ष समिति नै गठन गरेर आन्दोलन अघि बढाउने तयारी समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्