×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे उनी भिरबाट लडेर मृत अवस्थामा रहेको खबर प्राप्त भएपछि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको छ ।

प्रतिकृया दिनुहोस्