काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।