काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी चोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।