काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।