×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तुइन खोलाको पहिरो १४ सय घनमिटरको रहेको अनुमान

तुइन खोलाको पहिरो १४ सय घनमिटरको रहेको अनुमान

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको विशाल पहिरो १२ सय देखि १४ सय घनमिटर भएको अनुमान गरिएको छ  । 

सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार, पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक भोलि (असोज ९ गते) दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान गरिएको छ ।

सडक डिभिजनका अनुसार, आज बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोको परिमाण निकै ठुलो ९१२ सय देखि १४ सय घनमिटर० रहेको हुँदा सडक खुलाउन समय लाग्ने जनाएको छ ।  माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि, झर्न बाँकी रहेका साना तथा मझौला स्तरका ढुंगाहरू खस्न सक्ने सम्भावना कायमै रहेको सडक डिभिजनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि सडक विभागका उपकरणहरू सुरक्षित रूपमा निरन्तर काम गरिरहेका छन् । यस कार्यलाई थप प्रभावकारी बनाउन कुरिनटार र भरतपुरबाट इन्धनसहितका अन्य आवश्यक उपकरण बोकेका गाडीहरू घटनास्थलमा आवतजावत गरिरहेका छन् ।

प्राकृतिक विपदको यस परिस्थितिमा सम्पूर्ण यात्रुहरूलाई धैर्य धारण गर्न सडक डिभिजन भरतपुरले विशेष अनुरोध गरेको छ । साथै, विभागका गाडीहरूलाई सहजीकरण गर्न र पहिरो सफा गर्ने कार्यमा बाधा नपुगोस् भन्नका लागि लेन अनुशासन अनिवार्य रूपमा कायम गरिदिन समेत आग्रह गरिएको छ । 

सडक डिभिजनले यात्रुहरूले प्रयोग गर्न सक्ने वैकल्पिक सडक मार्गहरूको लागि रुट नेभिगेसन लिंक उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस्