×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् ।

उनीहरूको बयान सकिएको जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए । ‘उहाँहरूको बयान सकियो । अब बहस सुरु हुन्छ,’ कार्कीले भने ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।

यसअघि जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने अदालतमा उपस्थित भएका थिएनन् ।

प्रतिकृया दिनुहोस्