×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने

नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने भएको छ । रत्नपार्कस्थित प्राधिकरणको हलमा शुक्रवार दिउँसो २ बजे श्वेतपत्र जारी गर्ने लागेको प्राधिकरणले जनाएको छ  ।  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका कामकारबाही र प्राधिकरणको वर्तमान आर्थिक अवस्था र भावी योजना सहितको श्वेतपत्र जारी गर्न लागेका हुन् ।

आइतबार नै जारी गर्न सञ्चालक समितिबाट श्वेतपत्र स्वीकृत भए पनि ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनमा रोकिएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए/गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने देखिन्छ । 

प्राधिकरणले बनाएको श्वेतपत्रको मस्यौदा केही सार्वजनिक हुनुभन्दा अघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिकृया दिनुहोस्