काठमाडौँ । पत्रकार दिलभूषण पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ ।
विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज आफैँ अदालतमा उपस्थित भएका हुन् । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले बताए ।