×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बढुवा भएका दुई एआईजीको पदस्थापन

बढुवा भएका दुई एआईजीको पदस्थापन

काठमाडौँ । नेपाल प्रहरीका दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पदस्थापन गरिएको छ । नवनियुक्त एआईजीद्वय कुवेर कडायतलाई अपराध अनुसन्धान विभाग र रवीन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थपन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

पुस २६ मा मन्त्रिपरिषद्ले उनीहरुलाई नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । 
 

प्रतिकृया दिनुहोस्